२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मेटमणी चौधरी भन्छन् – कांग्रेसले इमानदारिता देखाएन, माओवादी व्यापारी जस्तै बन्याे

जेठ ६, काठमाण्डाै : नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताउनुभयो । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उहाँले आरोप लगाउनुभयो । निर्वाचन मत परिणामबाट आफूहरु सन्तुष्ट हुन नसकेको पनि उहाँले बताउनुभयो ।

‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलीय गठबन्धनमा इमान्दारिता हुनुपर्थ्याे, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपर्थ्याे त्यो देखाउन सकेन’ उहाँले भन्नुभयाे,

माओवादी पार्टीले आफू एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकी कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग-र्यो । कांग्रेसले पनि त्यो खालको व्यवहार ग-र्यो ।

त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’ उहाँले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडि बढाउन सकिने बताउनुभयो ।

नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरुसँग अगाडि जान नसकिने उहाँले बताउनुभयो । उहाँले याे पालिका चुनावमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा मात्रै गठबन्धन भएको जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उहाँले बताउनुभयो । – उज्यालो

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।