
जेठ ६, काठमाडौं : साविक पुनरावेदन अदालत पोखराले कैद र जरि’वाना सुनाएका लमजुङको मध्यनेपाल नगरपालिका १ जिताका ५१ वर्षीय भुपेन्द्र पौडेललाई प्रहरीले पक्रा’उ गरेको हो ।
२०५७ सालको अन्त्यतिर भएको चो’री तथा डाँ’कामा संलग्न रहेको आरो’पमा उनी २०५८ वैशाखतिर ३ साता प्रहरी हिरा’सतमा बसेका थिए । लमजुङ जिल्ला अदालतले साधारण तारेखमा छाडेका उनलाई तत्कालीन पुनरावेदन अदालत
पोखराले २०६० फागुन ३ गते डाँ’काचो’री मुद्दामा ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २ सय ५० रुपैयाँ जरि’वाना तोकेको थियो । तर उनी फरार थिए । तर चुनावमा भोट हाल्न गाउँ आएको सूचनाका आधारमा उनलाई प’क्राउ गरी
का-रागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । प्रहरीका अनुसार उनका सुरुका फाइलहरुमा घट-नाबारे एकीन तथ्यांक भेटिएको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले पौडेललाई ९ वर्ष ११ महिना ६ दिन कैदमा राख्ने फैसला सुनाएको थियो ।