२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार यश पाली पराजित

जेठ ५, ललितपुर : २०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस

पटक भने पराजित हुनु भएको छ । यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो ।

रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो । उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो ।

थप समाचार, भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीभन्दा ३३२५ मतले दाहाल अघि रहेकी छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार ४७,५११ मत गणना हुँदा रेणुले १७,९७२ मत पाउँदा सुवेदीले १४,६४७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,२२३ मत ल्याएका छन् ।

उपमेयरतर्फ चित्रसेन अधिकारीको अग्रता कायमै रहेको छ । उनले २०,५२१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ११,६७३ पाएकी छन् । ११ नम्बर वडामा २,३०० गणना हुँदा वडाध्यक्षतर्फ कमलबहादुर मल्ल (सुर्य) १,०४९ मतका साथ अगाडि रहेका छन् । उनलाई युवराज पौडेल (माओवादी) ले ७४० मतका साथ पछ्याइरहेका छन् ।

१० नम्बर वडामा ४,६०० गणना हुँदा परमेश्वर खनाल (रुख) १८९७ मतका साथ अगाडि रहेका छन् । उनलाई भक्तिप्रसाद गौतम (सूर्य) ले १६४७ मतका साथ पछ्याइरहेका छन् । अझैँ वडा नम्बर १० १,१०८ गणना हुन बाँकी रहेको छ भने वडा नम्बर ११ मा ६,७८१ गणना हुन बाँकी रहेको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।