२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अधिकृतको जागिर छोडेर मेयरमा लडेका गिरीको हरिबिजोग !

जेठ ५, काठमाडौं : २२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरी स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।

सरकारी जागिरबाट राजीनामा दिएर उनले बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका टिए । लोकसेवाको परीक्षाजस्तै राजनीतिको उनको पहिलो परीक्षामा पनि उनले असफलता व्यहोर्नु परेको हो ।

बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनको जमानत जफत भएको छ। नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३७९३ मत ल्याएर मेयर जित्दा पुतली चिन्ह पाएका गिरीले १४८ मत पाए।

उम्मेदवारी दर्ता गर्नुअघि घरदैलो गर्न जाँदा उत्साहजनक प्रतिक्रिया पाएको भन्दै उनले तर उम्मेदवारी दर्तापछि उनीहरुको टोन परिवर्तन भएको बताए ।

उनले उम्मेदवारी दर्ता गर्नुअघि नै प्रचार–प्रसार थालिसकेका थिए। आफू घरदैलोमा जाँदा जो मानिसले केही गर्नुपर्छ भनेर प्रोत्साहन र हौसला दिएका थिए, तिनै मानिसहरू पछि पार्टीको झन्डा बोकेर र्‍यालीमा गएको देख्दा निराशा भएको बताए ।

पूर्वतयारी बिना उम्मेदवारी दिँदा केही कुरा सिकेको र सो कुराले पछि सहयोग पुग्ने उनले बताए। उनी प्रचार–प्रसार गर्ने सानो टोली भएका कारण सबै घरमा जान नभ्याएको पनि बताए ।

बनेपामा लगभग १३ हजार घरधुरी भएको र सबै ठाउँमा आफैं पुग्न सम्भव नभएको भन्दै उनले त्यसैले पनि मतमा असर परेको बताए ।

सरकारी जागिर छाडेर राजनीतिमा लागेको भनेका गिरीले अहिले फेरि नेपाल पर्टन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन्।

विद्युत प्राधिकरणमा अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए। प्राधिकरणमा नाम निस्किएला भन्ने उनले सोचेका थिएनन्। अब उनी फेरि सरकारी जागिर खान जाँदै छन्।

जिविकोपार्जनको लागि केही न केही गर्नुपर्छ, उनले भने, ‘त्यसमाथि यो मैले खान पाउने अन्तिम सरकारी जागिर पनि हो। उमेरको हकबन्दीका कारण पछि चाहेर पनि खान पाउँदिनँ। यसबाट पनि अनुभव बटुल्न चाहन्छु।’

अहिलेको राजनीतिक स्थिति बदल्न काम गर्ने नयाँ पुस्ता नेत्तृत्वमा आउनै पर्ने उनको भनाइ छ। ‘राजनीतिमा पुरानै दल र पुरानै सोचका मान्छे आए देश बदलिने छैन’ उनले भने, ‘देश बदल्ने हो भने हामी आफैं अघि सर्नुपर्छ।
दैनिक न्युज नेपाल

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 457 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।