२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

महेश बस्नेत भन्छन् – एमालेका जनप्रतिनिधि कुर्सीमा बसेर हैन, जनताको घर-घरमा गएर सेवा गर्नेछन् ।

काठमाडौं : नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेका जन प्रतिनिधिहरुले कुर्सीमा बसेर नभई घर घरमा गएर जनताको सेवा गर्ने उद्घोष गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ र ४ बाट स्थानीय तहमा निर्वाचत जनप्रतिधिहरुको विजयी र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेका जनप्रतिनिधि शासक नभई सेवक भएको उल्लेख गर्नुभयो ।

जनताको सेवा नै एमालेको मुल मर्म भएको उल्लेख गर्दै उहाँले जहाँ जनताको समस्या, त्यहाँ एमाले हाजिर हुने प्रतिवद्धता जनाउनुभयो । एमालेले विगतमा ऐतिहासिक कामहरुको गरेको उल्लेख गर्दै उहाँले एमालेले गरेका जनमुखी कामहरुको आलोचना गर्नेलाई कामले नै जवाफ दिने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले र एमालेका जनप्रतिनिधि जनताको घर घरमा गएर सेवा गर्नेछन् । भ्रमको खेती गर्नेलाई कामले जवाफ दिन्छौं, चोकमा बसेर जवाफ दिने बनाउँछौं । दधिकोटको अस्पताललाई केही समय पछि देखी नै २४ सैं घण्टा चल्ने वातावरण बनाउनेछौं ।

सूर्यविनायक नगर अस्पतालको लागि कर्मचारीको व्यवस्था भएसँगै दधिकोट अस्पताललाई थप व्यवस्थीत बनाउने छौं । खानेपानी तथा अस्पतालको विषयमा गलत भ्रम फिजाईएको छ । खोपानी तथा अस्पतालको विषयमा भ्रम फिजाउनेहरुले काम सम्पन्न भएपछि आफै नाङ्गेझार हुनेछन् ।’

भक्तपुरका चारवटै नगरपालिकालाई सांस्कृतिक नगर बनाउने अभियान चलाएको उल्लेख गर्दै उहाँले कांग्रेस नेतृत्वको सरकारले भक्तपुरमा एमालेले ल्याएको करोडौं बजेट कटौती गरेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसको लागि पाँच अर्व बजेटको व्यवस्थापन एमाले नेतृत्वको सरकारले गरेको तर कांग्रेस सरकार आएसँगै अहिलेको १० महिनामा उक्त बजेट हराएको छ । अहिलेको कांग्रेस नेतृत्वको सरकार करायो, यो बजेट कता हरायो रु यो कुरा जनतालाई बुझाउनुपर्छ ।

हिजो बुझाउन सकेनौं, अब बुझाउनुपर्छ । यसको जवाफ कांग्रेससँग छ ? कांग्रेसले भक्तपुरका धेरै सडकहरु दुई-दुई पटकसम्म बजेट काट्यो तर हामीले पुनः ल्याएर टेण्डरको प्रकृयामा अगाडी बढाएका छौं । सडक पिच हुन्छ । कांग्रेसका नेता लेखनाथ न्यौपानेको घरको बाटो समेत महेश बस्नेत र एमालेको नेतृत्वमा मात्र भएका हो । कांग्रेसले किन गर्न सकेन ?’

७० सालमा महेश बस्नेतले चुनाव हारेता पनि ७२ सालको भूकम्पको समयमा आफुले जनताको मन मनमा बस्ने गरी जनताको सेवामा काम गरेको स्मरण गर्दै उहाँले उक्त समयमा कांग्रेसका निर्वाचित नेता कुन दुलोमा लुकेर बसेका थिए ? भनि प्रश्न गर्नुभयो ।

एमाले हारेका ठाउँहरुमा एमालेले अझ तिव्र गतिमा विकासका कार्यहरु एमालेले गर्ने प्रतिवद्धता जनाउँदै उहाँले दधिकोटका जनताले एमालेको एजेण्डालाई कार्यान्वयन गर्न भनि कांग्रेसका वडाध्यक्षलाई जिम्मेवारी दिएको तर नकरात्मक सोचसहित अगाडी बढे जनताले त्यसको जवाफ दिने चेता-वनी समेत दिनुभयो । दैनिक न्युज नेपाल

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार