
काठमाडौँ : पछिल्ला मतपरिणाममा तेस्रो स्थानमा रहेकी सिंहको ८ नम्बरमा धेरै भोट आएपछि उनी मतगणनास्थल छिन् । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट
मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् । मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।
धेरै वडामा हामीले लिड गरिरहेका छौँ । एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ, सञ्चारकर्मीसँग सिर्जनाले भनिन् ।
उनले परिणामबारे मतगणना सम्पन्न भएपछि छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने पनि बताइन् । पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२
हजार ८४२ मत पाएका छन् । दोस्रोमा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन् भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।