२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

‘एमसीसी’ ठूलो अनुदानको रकम हो, संसदबाट चाँडो पास गरौँ :- कानूनमन्त्री कार्की !

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई जतिसक्दो चाँडो संसदबाट पास गरेर अनुदान खेर नपठाउनुपर्ने बताएका छन् ।

सुनसरी कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उ’द्घाटनपछि बोल्दै एमसीसी विकासे परियोजना र ठूला अनुदानको रकम भएकाले खेर जान नदिन जतिसक्दो चाँडो संसदबाट अ’नुमोदन गर्नुपर्ने कानूनमन्त्री कार्कीले बताए ।

उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन । यसलाई संसदबाट अ’नुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।