२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

बालेन स्थापित भन्दा ८७२० मतले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८७२० मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १८२३७ मत प्राप्त गर्दा स्थापितले ९५१७ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८५३७ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

यता, चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई २००० मतले पछि पारेकी छन् ।

हालसम्म ३०,२५२ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ११ हजार ९० मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९५८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत प्राप्त गरेकी छन् ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 1 Minute 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।