
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रता लिइरहेको अवस्थामा सुनसरी जिल्लाको धरान उप महानगर
पालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिइरहेका छन् । सामाजिक अभियन्ताको रुपमा परिचित हर्कराज राईले ताजा मत परिणाम अनुसार ८,२४४ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईले ८,१५७ मत प्राप्त गरेका छन् । कांग्रेसका किशोर राई भन्दा स्वतन्त्र हर्कराज राई ८७ मतले अगाडि रहेका छन् । त्यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६,६१० मत प्राप्त गरेकी छन् ।
धरान उपमहानगरको उपमेयरमा भने माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा ८,८८५ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी एमालेका पदम प्रसाद लिम्बूले ८,५०८ मत प्राप्त गरेका छन् ।