२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

एमालेको किल्लामा चम्कियो बालेनको लौरो

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को लोकप्रिय मतले यतिबेला सबैको ध्यान काठमाडौं केन्द्रित भएको छ।

देशको राजधानीसमेत रहेको महानगरपालिकाका चार वडाको मतगणना हुँदा बालेनको बहुबली रुप देखिएको छ।
यसले आम नागरिकमा चासो मात्र बढेको छैन स्वतन्त्र उम्मेदवारसँग प्रमुख दलका भोट तान्न चतुर मानिएका

नेताहरु तर्सिएका छन्। सत्ता गठबन्धनका ६ दल र विपक्षी दलका शीर्ष नेतासमेत बालेनको मत देखेर ‘गम’ खाएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १, ३, ४ र ३२ का मतदाताको रोजाइमा बालेन पर्दा सबैभन्दा बढी धक्का एमालेलाई परेको छ।

एमालेको गढ मानिएका वडामा केशव स्थापित भन्दा दोब्बर बढी मत बालेनले पाएका छन्। यसले काठमाडौंमा एमालेको रणनीति फेल नै भएको देखिन्छ। बालेनले लोकप्रिय मत पाउँदै गर्दा एमालेका स्थापित र कांग्रेसकी सिर्जना सिंह समस्यामा पर्दै गएका छन्।

३२ वडामध्ये चार वटा वडाको माब मतगणना हुँदा प्राप्त मतको आधारमा बालेनलाई बहुबली बने भनेर चर्चा गर्नु ठिक भइनहाल्न सक्छ। तर, एमालेको गण मानिएका वडामा बालेनले पाएको मतलाई मात्र विश्लेषण गर्ने हो भने यो

स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाले नयाँ अनुहारलाई स्वीकार गर्ने प्रष्ट संकेत देखिन्छ। बिहानीले दिनको संकेत गर्छ भनेझै बालेनको सुरुवातलाई सकारात्मक रुपमा हेर्दा उनी उपत्यकामा उताउने प्रष्ट देखिन्छ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 446 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।