२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेता ज्ञवाली भनुहुन्छ – देश नै अफ्ठेरोमा जान थालेपछि संसद् अवरोध नगर्ने निर्णयमा पुग्याैँ

काठमाण्डाै : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान गठबन्धन सरकारका कारण देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाउने निर्णय गरेको दाबी गर्नुभएको छ ।

आज मङ्गलवारकाे संसद् बैठकमा उपमहासचिव ज्ञवालीले एमालेले अब संसद् बैठक अवरोध नगर्ने र फरक ढङ्गले विरोध गर्ने बताउनुभयो । अहिलेको सरकारका कारण महँगी बढेको, अर्थतन्त्र धरापमा परेको, विकास खर्च नभएको,

प्रधानन्यायाधीश, गभर्नर, प्रहरी प्रमुख लगायतका व्यक्ति र संस्थामाथि हस्तक्षेप गरेको लगायतका कारण देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले एमालेले अवरोध त्यागेको उहाँकाे भनाइ छ ।

ज्ञवालीले भन्नुभयो, ‘देश झन्डै झन्डै सङ्कटतर्फ धकेलिँदै छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले विरोधको स्वरूपलाई परिवर्तन गरेका हौँ । प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू सत्ताको सेटिङमै व्यस्त हुनुहुन्छ । उहाँहरूलाई यी कुराले सायद छुँदैन पनि होला ।

मेरो आग्रह छ– सम्माननीय प्रधानमन्त्रीज्यू निद्राबाबाट बिउँझिनुहाेस् ।’ सांसद ज्ञवालीले पालिका चुनावमा नेकपा एमालेका कार्यकर्तामाथि साङ्घातिक आक्रमण हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।