२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

योगेश भट्टराई भन्नुहुन्छ – स्थापितले चमत्कार गर्छु भन्नुभो, नेतृत्वले पत्यायो, गल्ती भयो

काठमाडौ : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अहिले सबैभन्दा बढी मानिसको ध्यान काठमाडौं महानगरपालिकाले तानेको देखिन्छ।

काठमाडौं महानगरमा जे जस्तो मतपरिणाम आइरहेको छ त्यो हाम्रा लागि अप्रत्यासित हो। काठमाडौंका मतदाताहरू राजनीतिक दलले प्रस्तुत गरेका उम्मेदवारहरूप्रति त्यति सन्तुष्ट देखिएनन्।

नेकपा एमालेले यहाँ केशव स्थापितलाई मेयर उम्मेदवार उठाएको थियो। एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला। उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड

सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि विश्वास गलत हुन्छ नि। काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने दलहरूले गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको छ।

बालेन शाहले जुन मत ल्याइरहनुभएको छ, हामीले नचिताएको हो। यो मत दलहरूप्रतिको असन्तुष्टिका रूपमा हेर्ने हो भने अब ठूला दलहरूले कमजोरी कहाँ भयो र सुधार के गर्नुपर्छ भन्ने थाहा हुन्छ।

खास गरिकन सहरमा भएको बुद्धिजीवी, मध्यम वर्गको जनमत किन राजनीतिक दल र तिनका उम्मेदवारप्रति असन्तुष्ट छ भन्ने कुरा हामीले हेर्नुपर्छ। अर्को त राजधानीमा अलिकति स्वीङ मत हुन्छ।

यहाँ सामाजिक सञ्जाल, नयाँ-नयाँ प्रचार शैलीको प्रभाव ज्यादा हुन्छ। एमाले र कांग्रेसभित्र एउटा ठूलो भ्रम छ, हामी स्थापित पार्टी हौं, हाम्रो विकल्पमा अरू कोही आउन सक्दैन भन्ने। त्यो सोच सत्य होइन। अब पनि राजनीतिक दलले आफूलाई नसच्याउने, कार्यशैली नसुधार्ने, सही एजेण्डा

नबोक्ने, सही मान्छेलाई नेतृत्वमा नल्याउने र जनताको अपेक्षा अनुसार काम गरेनन् भने जनताले विकल्प खोज्छन्। तर अहिले बालेन शाहले ल्याएको मत हेरेर जनताले दललाई छोडिसके भन्ने निष्कर्षमा पुग्न हुन्न। उनले जस्तो परिणामका साथ अघि बढिरहेका छन् यो राजनीतिक दलको ढोका ढकढक्याएको मान्नुपर्छ। त्यो ढकढक्याइ राजनीतिक दललाई सुधारिनका लागि हो। सेतो पाटी बाट

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।