२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

बालेनका समर्थकहरु सभागृह बाहिर नाराबाजी, गयो पालो बुढाको, अब पालो युवाको

जेठ ३, काठमाडौं : काठमाडौं महानगरपालिकाले चाँडै नै नयाँ मेयर पाउँदैछ, जसको लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मत गणना जारी छ ।

अहिले राष्ट्रिय सभा गृहभित्र तीव्र रुपमा मतगणना भइरहेको छ, भने बाहिर मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को पक्षमा समर्थकहरुले विभिन्न नारा लगाइरहेका छन् ।

राष्ट्रिय सभा गृह अगाडि सयौंको संख्यामा उपस्थित समर्थकहरुले ‘वी वान्ट वालेन’, ‘मत गणनाको पाराले दुःख पाए साराले’, ‘महानगरपालिकाले के भन्छ, वालेन साहलाई ले भन्छ’, ‘अब हाउने हप्तामा, वालेन साह सत्तामा’, ‘यो

जीत कसको, वालेनको’, ‘गयो पालो बुढाको, अब पालो युवाको’, ‘काठमाडौंको पलुसन, वालेन साह सोलुसन’लगायतका वालेनको पक्षमा नारा लगाइरहेका छन् ।
पछिल्लो समय वालेन १२,५५३ मतका साथ तीव्र रुपमा अगाडि बढिरहेका छन् ।

वालेनले आफ्नो निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थापितलाई ५,८४७ मतले पछाडि पारिसकेका छन् । केशव स्थापितले ६,७०६ मत प्राप्त गरेका छन्, भने सिर्जना सिंहले ५,९५७ मत प्राप्त गरेकी छन् । तस्बिर / महेश्वर केसी

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।