२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले कांग्रेसलाई नै तेब्बर बढी मतले हराइदिए

जेठ २, काठमाडौं : समर्थकहरू विजय र्‍यालीमा पुतलीको चित्र अंकित झण्डा फहराइहेका थिए । बाजागाजासहित आएको एउटा हुलबाट केही मान्छेले निर्मल तण्डुकारलाई माला र खादा लगाइदिए ।

ललितपुर महानगरपालिका- १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल हिजो जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयको चिसो सिँढीमा मतपरिणाम पर्खंदै रातभर बसेका थिए । र, बिहान उनले आफूले जितेको अन्तिम परिणाम सुने ।

मतगणनाका क्रममा कांग्रेस र एमालेका उम्मेदवारलाई सुरुदेखि नै पुतलीले उछिनिरहेको थियो । १७ सय २६ भोट खसेको उक्त वडामा ६ सय ६१ मतका साथ निर्मलले बाजी मारे । उनका प्रतिद्वन्द्वी कांग्रेसका ध्रुवराज तण्डुकारलाई २ सय १६ मतान्तरले पछि पारे ।

२०७४ सालको चुनावमा उनले कांग्रेसबाट चुनाव लडेर वडाध्यक्ष जितेका थिए । त्यतिबेला उनले ६ सय ९० भोट ल्याएका थिए । वडामा राम्रो छाप छाडेका निर्मल यसपालि पनि कांग्रेसको तर्फबाट वडाअध्यक्षमा लड्न चाहन्थे ।

पार्टी कमिटीबाट उनको नाम सर्वसम्मत सिफारिस पनि भएको थियो । ‘तर, क्षेत्रीय सभापतिले सिफारिसमै नपरेका ध्रुवलाललाई टिकट दिलाए’, तण्डुलकारले भने, ‘टोलवासीले तपाईंलाई अन्याय भयो ।

हामी साथ दिन्छौँ भन्नुभयो । त्यसपछि स्वतन्त्रबाट उठ्ने निर्णय गरेँ ।’ निर्मल २०५८ सालदेखि कांग्रेसको संगठित सदस्य भई सक्रिय राजनीतिमा लागेका थिए । ‘मेरो बुबा पनि राजनीतिकर्मी भएकाले म पनि सानैदेखि यसमा आकर्षित भएँ’, निर्मलले भने । दैनिक न्युज नेपाल

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 392 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।