२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

आफूले जितेको सुन्नै नपाई अस्ताए अटलबहादुर

धनकुटा : गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृ-त्यु भएको घोषणा गर्दै थिए।

धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निध’न भएको छ।

मधुमेह र उच्च रक्तचा;पका बिरामी उनको मष्तिष्कघा-तका कारण निध’न भएको हो। यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको नि-धन भयो।

‘बुबालाई जित्दैछु भन्ने त थाहा थियो’, उनका छोरा मदनले भने, ‘जितेको खबर सुन्नचाहिँ पाउनु भएन।’ उनले लगभग हजार मतको नतिजा सुनिसकेका थिए। चार सय हाराहारी मतको नतिजा आउन बाँकी थियो।

शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रति-ष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए।

विराटनगरको नोबेल अस्पतालमा पु-र्‍याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे। ‘गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने बान्ता आउने भयो,’ मदनले भने, ‘त्यत्तिकैमा उहाँ बेहोस हुनुभयो। त्यसपछि होस आएन।’ मगरका दुई छोरा र पत्नी छन्।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।