२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

नेपाली कामदारको नयाँ गन्तव्य बन्दै सर्बिया, कति हुन्छ तलब ?

जेठ १, काठमाडौँ : नयाँ थपिएको श्रम गन्तव्य मुलुक सर्बियामा नेपाली कामदारको आकर्षण देखिएको छ । वैदेशिक रोजगारीका लागि बाध्यतावश विदेश जाने नेपाली कामदारको

रोजाइमा नयाँ श्रम गन्तव्य मुलुक सर्बिया पर्न थालेको हो।
अहिले विभिन्न मेनपावरमा पुग्ने युवाले भर्खर थप भएको नयाँ श्रम गन्तव्यमूलक सर्बियामा जाने अवसर मिलाइदिन आग्रह

गरिरहेको सम्बन्धित सरोकारवाला एवं वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । उनीहरूले हाल धेरै युवाले भर्खर थप भएको सर्बियामा जाने प्रक्रिया छिटो अघि बढाउन माग गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भर्खर नयाँ श्रम गन्तव्य राष्ट्र सर्बिया थप भएको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार

ऐन २०६४ को दफा ३ को उपदफा ३ बमोजिम मित्रराष्ट्र सर्बियामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो। याे खबर आजको राजधानी दैनिकमा छ ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार