
काठमाडौ : श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ ।
गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धा-धुन्ध आक्रमण गरेर दमन गरेको आ’रोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका छन् ।
शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्र’मण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उहाँका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई प’क्राउ गर्न माग गरेर प्रहरी मुख्यालयमा उजु’री दिएका छन् । देशमा बढ्दो आर्थिक सङ्क’ट र प्रदर्शनका कारण महिन्दा राजपाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छ ।
तर विरो’धीले उहाँको घरमा आक्र’मण गर्दै आगजनी गरेपछि उहाँ सेनाको हेलिकप्टरमार्फत भागेर सैन्य शिविरमा बस्नुभएको छ । श्रीलङ्का सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र
भएयताकै गम्भीर आर्थिक सङ्कटमा फसेको छ । विशेषगरी विदेशी विनिमयको सञ्चिति नहुँदा अत्यावश्यक वस्तुको पनि आयात रोकिएको छ । नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् ।