२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

तेह्रथुममा वडाध्यक्षका उम्मेदवार खाटमुनी लुकेको अवस्थामा पक्राउ !

तेह्रथुम : नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कु-टाएकाे आरो’पमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् ।

मंगलबार रातिको घ’टनापछि प्रहरी निय’न्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी प’क्राउ गरेको हो ।पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार

मनबहादुर खड्का सहित एमालेकै कार्यकर्ता कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताएका छन् ।

मंगलबार राति जिल्लाको छथर गाउँपालिकामा २ हमरजुङमा काँग्रेस र एमाले कार्यकर्ताहरुबीच झड’प भएको थियो । उक्त झड’पमा नेपाल तरुण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त घट’नाको मुख्य जिम्मेवार उनै वडाध्यक्ष भएको भन्दै तरुण दल तेह्रथुमले घोर भत्र्स’ना गरेको छ । उसले एक बिज्ञप्ति जारी गर्दै घट’नाको दो’षी खड्कालाई कडा कारवाही गर्न आग्रह गरेको छ ।

घट’नाका ३ घा’इतेहरुको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उप’चार भइरहेको छ । उता छथर एमालेले भने काँग्रेसका कार्यकर्ताहरु रातिको समयमा आएर अप-शब्द

बोल्दै वडाध्यक्षका उम्मेदवार खड्कामाथि आक्र’मण गरेको जनाएको छ । उसले पनि बिज्ञप्ति जारी गर्दै प’क्राउ परका खड्कासहित अन्य कार्यकर्ताहरुलाई तत्काल रिहाइकाे माग गरेको छ ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।