२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

नेपाललाई दियो कतारले दियो अक्सिजन ट्यांकर

बैशाख २९, काठमाडौं : कतार सरकारले नेपाललाई अक्सिजन उत्पादन गर्ने ट्यांकर सहयोग गरेको छ।
महामा’रीको समयमा नेपालले अक्सिजन सिलिण्डरदेखि

अक्सिजन भर्नेसम्मको काममा व्यवधान ब्यहोर्नु परेको र आगामी दिनमा अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सि’जन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको हो।

कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन्। अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैंया बराबर लगातको हो।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण

गर्दै राजदूत हैलले नेपाललाई सबै क्षेत्रमा सहयोग गर्न कतार तत्पर रहेको बताए। कतार सरकार कोरोना महामारीसँग जुध्न सदैव नेपालको साथमा रहेको उनको भनाइ छ।

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै स्वास्थ्य सचिव पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिए। ‘कतार सरकारले नेपाली नागरिकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्री उपलब्ध गराएर जुन खालको सहयोग गरिरहेको छ,

त्यसको नेपाल सरकारले उच्च मूल्यांकन गरेको छ,’ उनले भने। अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा हस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि शुरू भैसकेको सचिव पोखरेलले जानकारी दिए।

नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउंने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगो विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाललाई कतार सरकारको

साथ सधै रहने वाचा गरे। कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामारीसँग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ।अन्नपूर्ण

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार