२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

कुलमान घिसिङको ट्विटर ह्याण्डलबाट भोट मागिएपछि…

बैशाख २९, काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नक्कली ट्विटर एकाउन्टबाट स्थानीय तह निर्वाचनसम्बन्धी गलत सूचनाहरु सम्प्रेषण भइरहेको भन्दै

ध्यानाकर्षण जनाएका छन्। बुधबार प्रेस विज्ञप्ती जारी गर्दै घिसिङले आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक अन्य कुनै ट्वीटर ह्यान्डल नभएको प्रष्ट पारेका छन्।

उनले भने, ‘मेरो नाम र तस्विर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ।

मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली स्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु।’

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्णरुपमा पालना गरिरहेको पदाधिकारीलाई विवादमा ल्याउने क्रियाकलापहरु नगर्न आग्रह गरे। यसअघि मंगलबार कुलमानको नाम र तस्बिर भएको एउटा ट्विटर ह्यान्डलबाट काठमाडौंका उम्मेदवारको पक्षमा भोट मागिएको थियो।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार