२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

ताराको ‘म भित्रको म’ सार्वजनिक

काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति ‘म भित्रको म’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो कविता कृतिमाथि प्राडा खगेन्द्र लुइँटेल, डा. रेणुका सोलु र ऋृषभदेव घिमिरेले समीक्षात्मक धारणा राखेका थिए ।

सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माको शुभकामना पढेर सुनाइएको थियो । कार्यक्रममा कवि ई. सन्तोष पोखरेल, कवि रुद्र अधिकारी, डा. शान्तिमाया गिरी,

रञ्जना निरौलालगायतले कविता सङ्ग्रहबाट रचना वाचन तथा मन्तव्य राखेका थिए । अमेरिकाको कोलोराडो सहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता सङ्ग्रह भित्र ४९ कविता समावेश छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित उक्त कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रम अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७९ बैशाख २८, बुधबार प्रकाशित 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।