२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

प्रधानमन्त्री देउवा भन्नुहुन्छ – बागी उठेर पार्टी हार्‍याे भने कुनै पनि हालतमा माफी गरिने छैन ।

बैशाख २७, कैलाली : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ ।

आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे । ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ ।

देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्‍याे भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

सम्बाेधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताउनुभयाे । ‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ’, उहाँले भन्नुभयाे, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ ।’

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार