२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेकपा एसले आज केन्द्रिय कार्यालय उ’द्घाटन गर्दै !

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आज केन्द्रिय कार्यालय उ’द्घाटन गर्दैछ । असोज १ गतेको अवसर पारेर नेकपा (एस)ले पार्टी कार्यालयको उ’द्घाटन गर्न लागेको हो ।

असोज १ गतेदेखि नयॅा बानेश्वरको आलोकनगर (तीनकुने पुलको दक्षिण)मा पार्टी कार्यालय उ’द्घाटन गरिने अध्यक्ष माधवकुमार नेपालले फेसबुक स्टाटसमार्फत जानकार दिनु भएको छ ।‘पूजा थापा बस्नेतज्यूको घरमा पार्टी कार्यालय रहने र असोज १ गते बिहान उ’द्घाटन गरिनेछ’ – अध्यक्ष नेपालले भन्नुभएको छ ।

उहाँले पार्टी कार्यालय उ’द्घाटनका साथै अन्य विषयमा सकारात्मक सहयोगको अ’पेक्षासमेत गर्नुभएको छ । नेकपा (एमाले)बाट वि’भाजित भइ बनेको नेकपा (एस)ले यसअघि नै निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेको छ ।पछिल्लो केहीदिनयता नेकपा (एस)ले पार्टी संगठन विस्तारका साथै नेताहरुलाई जिम्मेवारी बाँडफाड गरिरहेको छ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।