२०७९ जेष्ठ १३ शुक्रबार
  • काठमाडौँ

ओलि भन्छन् – जनता थर्काउने प्रचण्ड माकाफुई हुन, मेरो लोकपि्रयताले वृद्धि देखि बालकले भन्छन् “केपि ओलि आइ लभ यु”

बैशाख २६, म धरान : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जनता थर्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माकाफुई (बादरे घुर्की लगाउने) भएको आ’रोप लगाएका छन् ।

चितवनमा छोरी रेणु दाहाललाई भोट नदिए देशमा जे पनि हुने र ठुलो दु-र्घ’टना हुन्छ भनेर जनता थर्काएर प्रचण्डले माकाफुई प्रवृत्ति देखाएको ओलीको टिप्पणी छ।

सुनसरीको धरानमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेवारी भाषामा माकाफुईको अर्थ बादर भएको सुनाए। ‘एउटा चकचके बादर रुखमा चढेर रुख हल्लाउदै कराउदै बदमासी गरिरहेको हुन्छ,’ उनले भने

प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने माकाफुई (बादर) हो।’ ओलीले प्रचण्डलाई माकाफुई भन्दा भानुचोकमा भेला भएका एमाले कार्यकर्ताहरु गलल्ल हासेका थिए।

ओलीले आफ्नो पार्टीका उमेद्वारलाई निर्वाचित गराए सुनसरीको धरान र इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता जनाए। इटहरीमा एमालेले उम्मेदवारलाई जिताए इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता जनाएका ओलीले धरानमा पनि सोही कुरा दोहो¥र्‍याएका हुन्।

उनले देशकै विकासको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको आफूले एमाले उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथामिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाउने बताए।

ओलीले एमालेसँग चुनाव हार्ने डरका कारण पाँच दलीय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको आ-रोप लगाए। उनले गठबन्धनलाई पराजित गर्न एमाले एक्लै काफी रहेको बताए। ओलीले निर्वाचन आयोगले कांग्रेसलाई सजिलो पार्नका लागि मतपत्र हरियो रंगको बनाएको आ’रोप लगाए।

मतपत्र हरियो बनाए पनि पहिलो लाइनमा सूर्य नै रहेकाले मतदाता सर्तक भैसकेको ओलीको भनाइ थियो। उनले केपी ओलीको लोकप्रियताका कारण वृद्धदेखि बालकसम्मले आफूलाई आई लभ यू भन्न थालेको बताए।

एमालेले धरानमा मञ्जु भण्डारीलाई मेयर र पदम इस्वो लिमबुलाई उपमेयर बनाएको छ। इटहरीमा याम सुब्बा मेयर र संगीता चौधरीलाई उपमेयर बनाएको छ। अन्नपूर्ण

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार