२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

माैसमविद् भन्छन् – चुनावको दिन पानी पर्न सक्छ, मतपत्र भिज्न नदिन तयारी अवस्थामा बसाैँ ।

बैशाख २६, काठमाण्डाै : माैसमविद्हरूले पालिका चुनावकाे दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बङ्गलाकाे खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न माैसमविद्हरूले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले ‘आसानी’ नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताउनुभयो । यस आँधीकाे असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी

देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उहाँले बताउनुभयो । वैशाख ३० गते पालिका चुनावकाे दिन पानी पर्ने पूर्वननुमान गरिएकै समयमा बङ्गालको खाडीमा

विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो । बङ्गालको खाँडीमा न्यून चापीय अवस्था आसानी समुद्री आँधीकाे रूपमा विकसित भएको छ ।

यसकाे प्रभावले वैशाख २७ गते रातिदेखि २८, २९ र ३० गते पानी पर्ने सम्भावना देखिएकाे छ । उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो हप्तासम्म बढी पानी पर्ने अवस्था थियो ।

जलवायुविद् डा. उप्रेतीले चुनवाकाे दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतकाे सुरक्षामा ध्यान दिन सुझाव दिनुभएकाे छ । उहाँले सुझाव दिँदै भन्नुभयाे,चुनावको मुखमा पानी पर्न सक्ने भएको हुनाले

पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले तयारीमा ध्यान दिनुपर्छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुन सक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुन सक्छ । उज्यालो अन्लाईन

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।