२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

राजेन्द्र लिङ्देन भन्नुहुन्छ – ख्यालख्यालमा भोट नदिऔँ, राम्रा छानेर मात्र भोट हालौँ ।

बैशाख २४, बनेपा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र

पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो मान्छेलाई भोट दिन आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले आज बनेपामा आयोजना गरेको चुनावीसभामा उहाँले आफ्नो जीवनकालमा सबैखाले

अभावको अन्त्य भएको देख्न चाहनेले ख्यालख्यालमा भोट नदिन आग्रह गरेका हुन् । राजाले १८ महिनासम्म प्रत्यक्ष शासन चलाउँदा राजाले शासन चलाउने होइन भनेर विरोध गरेपछि सबै छोडेर जनताको नासो जनतालाई नै जिम्मा दिए ।

भनेर छाडेर हिडेको उल्लेख गर्दै उहाँले राम्रो मान्छेलाई राजनीतिमा ल्याएर सोचविचार गरेर मात्रै भोट दिएको अवस्थामा त्यसको उचित प्रयोग हुने विचार राखे।

बेलामा मल नपाउने र जन्माएर बढाएको सन्तानलाई नागरिकतासँगै राहदानी बनाएर विदेश पठाउनुपर्ने देशको बाध्यकारी अवस्था रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि सबैले सोच्ने बेला आएको बताए।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।