२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

सन्दीप क्षेत्रीको सम्बोधन – रेणु दिदी मेरै पितृको तपाइँलाई श्राप नलागोस् !

चितवन : कमेडियन एवं अभिनेता सन्दीप क्षेत्रीले चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका आकांक्षी रेणु दाहाललाई सचेत गराएका छन्।

उनले चितवनमा सबै दाजुभाइहरुले दीदी रेणु दाहालबाट धेरै अपेक्षा गरेको बताए। ‘म तपाइँलाई दिदी सम्बोधन गर्न चाहेँ। दिदी सम्बोधन गर्दैगर्दा यहाँका तमाम दाजुभाइहरुले तपाइँबाट धेरै अपेक्षा गरेका छन्।

तपाइँलाई जितको लागि यहाँका दाजुभाइहरुको अवश्य सहयोग रहनेछ। तर सचेत पनि गराउन चाहन्छु, तपाइँलाई उनीहरुको श्राप नलागोस्।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गज्जबको छोरी पाएको भन्दै ढाड्स दिए।

‘आदरणीय प्रचण्डलाई म भन्न चाहन्छु, तपाइँले गज्जबको छोरी पाउनुभएको छ। अध्यक्षको हैसियतमा चिन्ता लागे पनि पिताको रुपमा गौरव गर्नुस्,’ उनले भने।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।