२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेता प्रचण्ड भन्नुहुन्छ – हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दु-र्घ’टनामा जानसक्छ ।

बैशाख २३, चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घ-टनामा जाने बताएका छन् ।

विहीबार भरतपुरमा गठ’बन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका हुन् । चुनावी सभामा कांग्रेस नेताहरूले गठ’बन्धनको निरन्तरताका बारेमा राखेको प्रश्नहरुको जवाफ

दिदैं अध्यक्ष दाहालले भनेका छन्, तपाईंहरूले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दु-र्घ’टनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईंहरूले नजरअन्दाज गर्नुभयो भने देश दु-र्घट’नामा जानसक्छ ।

त्यस्तै अध्यक्ष दाहालले भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गर्दै भनेका छन्,

केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे ।
अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला ।

आफूमाथि शंका नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले भने, यु’द्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधान सभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौं । यसलाई जोगाएर जानुको विकल्प छैन ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 1 Minute 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।