२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

प्रदेश २ सरकारले लाखौँ खर्चिएको ‘हेल्लो सिएम’एप प्ले स्टोरबाटै गायब !

काठमाडौं : प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि भनेर सुरु गरेको ‘हेल्लो सिएम’एप प्रयोगविहीन बनेको छ ।६ लाख खर्चेर एप बनाई पनि प्रदेश सरकारले कार्यक्रम नै अगाडि बढाएको छैन ।

११ कात्तिक २०७५ मा समुदा(प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए । तर त्यो एप गुगलको प्लेस्टोरबाटै हराएको छ ।

महिला हिं’सामा परेको बखत एप डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पी’डितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए ।

सहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनका लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन् ।
इन्जिनियर आदित्य राजले ‘एप निर्माण गरे पनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा प्रयोग विहीन बनेको बताए ।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।