
पोखरा : चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ । चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण भैइसकेको छ ।
केही प्रतिशत काम नसकिएको कारण उडानमा ढिलाई भए पनि अब भने उडानको मिति र कुन कुन देशबाट उडान गर्ने सोको तयारि चलेको छ ।
बिदेशको कुन कुन कम्पनी र कुन कुन देशबाट सिधा उडान गर्न दिने भन्नेबारे तयारी र छलफल चलेको छ । केही हप्तामा नै सबै तयारि सकिने बताइएको छ
चिनियाँ विदेशमन्त्री वाङ यी हाल नेपाल भ्रमणमा छन् । उनको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए ।
यता पोखरा बिमानस्थल हस्तान्तरण संगै ५ प्रतिशत काम सकिएको थिएन भने त्यो लगभग सकिए संगै अब संचालनको तयारि गरिएको हो ।
विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट प्रधानमन्त्री देउवालाई हस्तान्तरण हुनेछ भने त्यसलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ ।
विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।