२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

प्रहरी चौकीकै अगाडीको सहकारीमा चोरी !

काठमाडौं : भरतपुरमा प्रहरी चौकीछेउमा नै रहेको एक सहकारीमा चोरी भएको छ।श्री शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर १४, शिवनगरमा गएराति चोरी भएको हो।

चोरी भएको सहकारी अस्थायी प्रहरी चौकी शिवनगरछेउमा नै छ। सहकारीको अध्यक्ष सरस्वती पाण्डेका अनुसार ग्रिल भएको झ्याल तोडेर चोरले सहकारीबाट नगद आठ लाख ३६ हजार रुपैयाँ चोरी गरेका छन्।सिसी क्यामेरामा अन्दाजी ३५–४० वर्षका दुई युवाहरू देखिन्छन्।

उनीहरूमध्ये एकले पिपिई लगाएको देखिन्छ भने अर्काले माक्स लगाएका छन्। चोरी भएको जानकारी प्राप्त हुना साथ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

सिसिटिभीमा १ बजेतिर चोरी भएको देखिए पनि बिहान १० बजे कार्यालय खोल्न आउँदा कर्मचारीले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। रेमिट्यान्स सुविधासमेत रहेको यस सहकारीमा १८ सयभन्दा बढी सदस्य छन्।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।