२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

साढे ४७ अर्ब ऋण हुदा हुदै, साढे ६ अर्बका ५ नयाँ जहाज किन्दै नेपाल एयरलाइन्स

बैशाख २०, काठमाडौं : करिब साढे ४७ अर्ब ऋ-ण बोकेर बसेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नियमित रुपमा किस्ता पनि तिर्न सकेको छैन । तर, सन् २०२२भित्र ५ वटा नयाँ जहाज थप गर्ने योजना रहेको पुनः दोहो¥र्‍याएको छ ।

वर्तमान नेतृत्वले कार्यभार सम्हालेको ६ महिना पुगेको उपलक्ष्यमा आफ्ना भावी योजना सार्वजनिक गर्दै निगमले यसै वर्ष ५ वटा ‘ब्राण्ड न्यू’ जहाज थप गर्ने योजना रहेको बताएको हो । निगमले ती जहाजका लागि आवश्यक स्रोत कहाँबाट जुटाउँदै छ भन्ने चाहिं खुलाएको छैन ।

निगमको वर्तमान नेतृत्वसँग तालुक मन्त्रालय असन्तुष्ट बन्दै गएको समयमा सार्वजनिक भएको महत्वकांक्षी योजना कार्यान्वयनको आधार भने निगमले खुलाएको छैन । निगमले प्रतिवद्धता गरेका योजना कार्यान्वयनमा उदाशीन रहेको भन्दै कर्मचारीले सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् ।

निगमकी प्रवक्ता अर्चना खड्काकाअनुसार निगमले सन् २०२२ मा खरीद गर्ने योजना बनाएका कुल ५ वटा जहाजको खरीद लागत ६ अर्ब ५८ करोड रुपैयाँ हुन आउँछ । उनका अनुसार निगमले सन् २०२२ मा आन्तरिकतर्फ दुर्गम भेगमा उडाउन ८६ करोड प्रतिजहाज लागतमा तीन वटा जहाज किन्ने योजना बनाएको छ ।

सुगम भेगका विमानस्थलमा उडाउने गरी प्रतिजहाज २ अर्ब रुपैयाँ लागतमा ठूला जहाज किन्ने योजना रहेको उनले उल्लेख गरेकी छिन् । निगमको १० वर्षे व्यवसायिक योजना अनुरुप सन् २०२२ मा यी जहाज किन्ने तयारी गरिएको छ ।

आन्तरिक उडानमा विमान थपेपछि भने लुक्ला, पोखरा, जोमसोम र भैरहवामा उडान सेवा बिस्तार हुने निगमको योजनामा उल्लेख छ । सन् २०२३ मा आन्तरिकमा थप ४ जहाज र अन्तर्राष्ट्रिय उडानमा २ थान न्यारोबडी जहाज किन्ने योजना छ । सन् २०२४ मा अन्तर्राष्ट्रियमा एक वाइडबडी र दुई न्यारोबडी जहाज थप्ने निगमको योजना रहेको उनले उल्लेख गरेकी छिन् ।

सन् २०२५ मा थप एक वाइडबडी जहाज किन्ने योजना रहेको खड्काले बताइन् । नयाँ जहाज थपिएपछि अन्तर्राष्ट्रिय सेक्टरमा निगमले दक्षिण कोरियाको सिओल, चीनको ग्वाङझाउ र सांघाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदावाद, इण्डोनेसिया, जर्मनीको फ्रांक-र्फट र अष्ट्रेलियामा उडान गर्ने निगमले उल्लेख गरेको छ ।

निगमसँग यसअघि रहेका ६ थान चिनियाँ जहाज उडाउन नसकिने भन्दै आवश्यक व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

तर, सरकारले समेत यी जहाज व्यवस्थापन गर्ने विकल्प नदिएपछि ती जहाज अहिले अलपत्र अवस्थामा छन् । निगमका यी जहाज १५ साउन २०७७ यता ग्राउण्डेड गरी थन्काइएको छ ।

ऋ-ण साढे ४७ अर्ब पुग्यो

निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार निगमको ऋ-ण भने ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो ऋ-ण निगमले न्यारोबडी र वाइडबडी जहाजहरु खरीद गर्दा लिएको हो । यो ऋ-णको ठूलो हिस्सा कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग रहेको छ ।

यसबाहेक चिनियाँ जहाज खरीद गर्न सरकारले लिएको ऋण समेत यसमा जोडिएको छ । यस अनुसार निगमको कुल साँवा/ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड पुगेको हो । निगमले ऋ-ण लिएका निकायको नियमित किस्ता तिर्न सकेको छैन ।

निगमले विमानको टिकट बिक्रीबाट भएको आयको ३० प्रतिशत रकम छुट्टै कोषमा जम्मा गर्ने र सो रकम किस्ता र ब्याज तिर्न प्रयोग गर्नुपर्ने गरी ऋ-ण सम्झौता भएको थियो । सोही अनुसार फण्ड स्थापना गरि रकम जम्मा गर्न भने थालिएको निगमले जनाएको छ । अन्लाइन खबर बाट

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।