२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

केशव स्थापित भन्छन् – बालेनले उस्काे फोटोमा मेरो टाउँको हालेर लौरोमा छाप हालौं भन्न पाउँछ ?

बैशाख २०, काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा प्रमुख (मेयर) पदका प्रत्यासी केशव स्थापित पुनः प्रतिपस्पर्धी बालेन शाहमाथि खनिएका छन् ।

यसअघि बालेन शाह काठमाडौंको रैथाने वासी नभएको, अन्तर्राष्ट्रिय ठ-ग भएको आरोप लगाएका स्थापितले मंगलबार काठमाडौं– १० का बासिन्दासँगको अन्तर्क्रियामा बालेनले फोटोमा आफ्नो टाउँको राखेर लौरोमा भोट मागेको भन्दै आ-क्रोशित बने ।

उनले भने, ‘यो बालेन भन्ने पात्रलाई केही नबोल भनेको, ठिक छ बोल्दिनँ। तर मैले उठाएको कुरा के भने गर्नै नहुने काम ग¥र्‍यो। राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रश्रय दिनु हुन्न । एउटा कोठामा बसेर पाँच-सात सय मोबाइलबाट घाँटीसम्म

टिसर्ट लगाएको उसको फोटोमा मेरो टाउको हालेर तल लौरो एउटा राखेर केशव स्थापितलाई जिताऔं, लौरोमा छाप हालौं भन्छ कस्तो बेव’कुफ रैछ। गर्न पाइन्छ यस्तो ?’

यसअघि उनले आफूहरुले पनि लाल्टिनमा छाप हालौँ भन्दा के हुन्छ भन्दै स्थापितले प्रश्न गरे । ‘केशव स्थापितलाई जिताऔं भन्दै मेरो टाउको राखेर लौरोमा छाप हालौं भन्दै प्रचार गरेका रहेछन् । हामीले पनि बालेनको फोटो राखेर लाल्टिनमा भोट हालौं भन्यो भने के हुन्छ ? यस्तो अप-राध गर्न हुन्न,’ उनले भने ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 64 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।