२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

२५ गतेदेखि जेठ ७ गतेसम्म जाँ’डर’क्सी बिक्री र खान नपाइने

बैशाख २०, गाेरखा : गोरखामा आउँदो २५ गतेदेखि जेठ सात गतेसम्म जाँडरक्सी बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले चुनावको बेला शान्तिसुरक्षा कायम गर्न भन्दै जाँड रक्सीको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो ।

यस्तै वैशाख २५ गतेदेखि जेठ सात गतेसम्म जिल्लाभरका होटल, रेष्टुरेन्ट लगायत अरु पेसा व्यवसाय बिहान ७ बजेदेखि बेलुकी साढे नौ बजेसम्म मात्र सञ्चालन गर्न पाउने बैठकले

निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो । बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरुबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन

अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कमर्सलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार