२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

भैरहवा बाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्धको जहाजको पांग्रा प’ड्किए पछि

काठमाण्डाै : भैरहवाबाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्ध एअरको जहाजको पांग्रा प-ड्किएको छ । उडान नम्बर ८५६ को जहाजको यात्रु भरेर उडानको लागि स्पीड लिने क्रममा
रन वे मै अघिल्लो पांग्रा प-ड्किएको हो ।

अर्को जहाजबाट काठमाण्डौ पठाउन थालिएको र जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ । ‘स्पीड लिने क्रममा पांग्रा प-ड्कियो, कुनै मानवीय क्षति भएको छैन’, विमानस्थलका प्रवक्ता विनोदसिंह रावतले भन्नुभयो ।

थप समाचार, स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइनेछ ।

वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ ।

बाँकी रहेका जिल्लामा मधेश प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुर छन् । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो । यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड

८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकोमा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको छ । महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पूर्ववत् डिजाइनमा निर्वाचन चिन्ह थपघट गरेर छपाइ हुँदैछ ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार