
रुकुम : शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी समाजसेवाको उत्कृष्ट नमूना पनि हुन् भन्ने उदाहरण रुकुममा कार्यरत प्रहरी जवानले देखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयमप्रकाश हमाल र दलबहादुर बुढाले एकजना वृ-द्ध बिरामी बोकेर अस्पताल
लैजाँदै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ । मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ११ का १ सय २ वर्षीय वृ-द्ध जसवीर ओलीलाई आलोपालो गर्दै पिठ्युँमा बोकेर प्रहरी जवानद्वय हमाल र बुढाले अस्पताल पुर्याएका हुन् ।
वडा नम्बर ११ का वडा अध्यक्ष मनमोहन शाहका अनुसार ढाडको बिरामी रहनुभएका ओली बाटोमै छट-पटिरहनुभएको खबर सुनेपछि प्रहरी चौकीबाट गस्तिमा गएका प्रहरीले बोकेर वडा नम्वर १० मा रहेको शहीद स्मृति अस्पताल पुर्याएका हुन् ।
गाडी चल्ने बाटो पनि छ, गाउँमा स्टेचर खोजेर पनि बोक्न सकिन्थ्यो, तर बिरामीको कसैले वास्ता नगरेपछि प्रहरी आफैले बोकेर अस्पताल लिएका हुन् ।
जानकारी अनुसार बिरामी ओली हप्तादिनदेखि थलिनुभएको थियो । अस्पताल लैजान आग्रह गरे पनि कसैले वास्ता नगर्दा आफै हिडेर जान लागेका बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परेपछि प्रहरीले उद्धार गरेका थिए ।
समाजमा हुने अप-राध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभइ नागरिकलाई हुने दुःख पी’डामा पनि प्रहरीले साथ दिने गरेको चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष मनमोहन शाहले बताउनुभयो । अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ ।