२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मलेसियाले सुरक्षागार्ड लाई विशेष तालिम दिने, ३ चोट फेल भए भिसा रद्ध !

क्वालालम्पुर : लामो समय देखि चर्चामा रहेको ब्यवसायिल सुरक्षा गार्ड सेक्युरिटी गार्ड तालिम तथा ब्यवस्थापनको लागी मलेसियाले नयाँ नियम ल्याउने बताइएको छ ।

मलेसियामा रहेका रहेका सुरक्षा गार्ड तथा मलेसिया रोजगारको लागी आउनेलाई ब्यवसायिक तालिम प्रदान गर्ने जनाएको छ ।
समयसमयमा मलेसियाको सुरक्षागार्ड ब्यवसायिक नभएको भन्ने आरोप लाग्ने गरेको छ ।

त्यसै कुरालाई मध्यनजर गर्दै मलेसियाले मलेसिया रहेका सबै सुरक्षागार्डलाई तालिम दिने र परिक्षा संचालन गर्ने बताइएको छ । मलेसियाले अझ बिशेषगरि युएईमा रहेको सुरक्षा गार्ड सम्वन्धी नीति नियम र तालिम दिने जस्ता कुराहरुको तयारी हुँदै आएको स्थानिय समाचार संस्थाले जनाएको छ ।

सुत्रलाई हवला दिदै स्थानिय समाचार एजेन्सीले मलेसियाले युएईमा रहेको सुरक्षा गार्ड सम्बन्धी निति, प्रविधिय तालिम र प्रयोगात्मक परिक्षा विधि समेत भित्राउने आकलन गरिएको छ ।

युएईले सुरक्षा गार्डको रुपमा काम गर्नको लागि न्युनतम योग्यता संगै निश्चित कोर्सको अध्ययन, फायफ फाइटिङ कोर्ष, आपतकालीन सुरक्षा first-aid तालिम र फिजिकल फिटनेस जस्ता तालिम र परिक्षा संचालन गर्ने गर्छ ।

युएईको जस्तै वा त्यसमा केही फेरबदल सहितको सुरक्षा गार्ड सम्बन्धी एकरुपता ल्याउने नयाँ योजनामा मलेसिया सरकार रहेको बताइदै आएको छ । सुरक्षा सम्वन्धी यो नीति कहिले र कसरी मलेसियाले लागू गर्छ त्यो भने प्रष्ट रुपमा बताइएको छैन ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 279 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।