
काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुबईबाट सुन त-स्करी भएको छ । बिहीबार करिब दुई करोड मूल्यबराबरको दुई
किलो तीन सय ५० ग्राम तस्क’रीको सुनसहित विमानस्थलका तीन कर्मचारी प’क्राउ परेका हुन् । दुबईबाट आएको हिमालय एयलाइन्सको शौचालयमा लुकाइएको सुन पास गराउने क्रममा तीन सफाइ कर्मचारी प’क्राउ परेका छन् ।
विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारीद्वय सुमन तामाङ र भीम अवालेलाई प्रहरीले तस्क-रीको सुनसहित प’क्राउ गरेको छ । उनीहरूका सुपरभाइजर ताराकान्त चौधरीलाई पनि मिलेमतोको आशंकामा प’क्राउ गरेको छ ।
उनीहरूले यसअघिदेखि नै संगठित रूपमा सुन तस्क’री गर्दै आएको प्रहरीको आशंका छ । तस्करीको सुन उनीहरूले पर्समा लु-काएर विमानस्थलबाट पास गर्ने प्रयास गरेका थिए ।
सुन तस्करी गर्ने केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको र क–कसको संलग्नता भन्ने खुली नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले बताए ।
दुबईबाट आएका एक यात्रुले सो सुन शौचालयमा राखेका थिए । विमानबाट अन्तिममा झरेका उनले सुन त्यसरी शौचालयमा लुकाएको र विमान सफाइ गर्ने क्रममा कर्मचारीले शौ-चालयबाट निकालेर आफूसँग राखेको प्रारम्भिक छानबि-नमा खुलेको छ ।
उनीहरू विमानभित्र सफाइपछि आन्तरिक टर्मिनलको गेट हुँदै बाहिरिने क्रममा पक्राउ परेका हुन् । सूचनाका आधारमा नभई उनीहरूको पर्स ठूलो देखेपछि शंका लागेर एक्सरे मेसिनमा राख्दा सुन भएको पत्ता लागेको प्रहरी स्रोत बताउँछ ।
ती सफाइ कर्मचारीलाई नेपाल एयरलाइन्सले सुनगाभा कम्पनीसँग सम्झौता गरी विमानस्थलमा खटाउँदै आएको थियो । यस्ता निजी कम्पनीका कामदारलाई संवेदनशील क्षेत्रमा खटाउने, तर उनीहरूमाथि प¥र्याप्त सुरक्षा जाँच नहुँदा तस्करीमा पनि संलग्न भएको अनुमान गरिएको छ ।
विगतमा उनीहरूले सुन तस्करी गरे–नगरेको विषय अनुसन्धानकै क्रममा रहेको एसएसपी ढकाल बताउँछन् । विमानस्थलका कर्मचारीको सुन तस्क’रीमा संलग्नता पटक–पटक खुल्दै आएको छ । गत १२ फागुनमा अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईं सुनसहित पक्रा’उ परेका थिए ।
दुबईबाट आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन उनले विमानस्थलबाट पास गराइदिएका थिए । गुरागाईंले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयबाट सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए ।
तर, भन्सारले गम्भीरताका साथ अनु:सन्धान नगर्दा सो गिरोहका नाइकेहरू जोगिएका छन् । त्यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्क’री भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो ।
जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो । ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छा-नबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो ।
त्यसमा एयरलाइन्स कर्मचारी तथा प्रहरीसमेतलाई मुद्दा चले पनि सुन बरामद नहुँदा उनीहरूले सफाइ पाइसकेका छन् । विमानस्थलमा कर्मचारीकै मिलेमतोमा हुने सुन तस्करीका एकपछि अर्काे घ-टना बाहिरिनुले विमानस्थलभित्रको सुरक्षा संयन्त्रमा समेत प्रश्न उठेको छ ।