
काठमाडौं : मंगलबार सार्बजनिक सूचना अनुसार सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन
सार्वजनिक बिदा दिने जनाएको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ।
आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो। कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।
सरकारले गरेको निर्णयप्रति नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीतन्त्रमा खुसीयाली छाएको बताए । उनले सरकारले खर्च सरकारी खर्च नबढ्ने गरी गरेको निर्णयमा विरोध गर्नुपर्ने कारण नभएको बताए ।
यस्तै एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पनि सरकारी साधनको दुरुपयोग नहुँदा विदा प्रभावकारी हुने बताउँछन् ।‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यघण्टा नघट्ने गरी सरकारले दिएको विदा हो ठीकै हो ।
सेवाग्राहीलाई कार्यघण्टा अनुसार सेवा दिए राम्रै हुन्छ । यसमा कर्मचारी खुसी नै छन् उनले आफ्नो बिचार व्यक्त गरे ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले पनि कर्मचारीहरुलाई सरकारले दिएको विदाले खुसी नै दिएको बताए ।
‘सेवा दिने समय कार्यघण्टा अनुसार घट्दैन । त्यसकारण यो प्रभावकारी हुनसक्छ । दुई दिनको विदाले कर्मचारी उत्साहित हुन्छन्,’ उनले भने,’हामीसँग छलफल गरेर निर्णय नभए पनि यसले राम्रै गर्ला । सरकारले अध्ययन गरेर नै निर्णय गरेको होला ।’