२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

स्थानीय निर्वाचनमा १ लाख ५० हजारभन्दा बढीको उम्मेदवारी मनोनयन

बैशाख १५, काठमाडौं : आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि जम्मा एक लाख ५० हजार ४ सय ७९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्।निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर,

उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले
उम्मेदवारी दर्ता गराएका छन्। देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगको पछिल्लो विवरणमा उल्लेख छ। त्यसैगरी उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले तथा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन्। आयोगले सार्वजनिक गरेको बुलेटिन अनुसार वडाध्यक्षका लागि ३४ हजार

९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।