२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

जाने होइन त सर्बिया ? सर्बियामा मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने !

बैशाख १४, काठमाडौं : सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ । अब मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् ।

राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो । यो उच्च मध्यम आय भएको देश हो ।
तातो हावा ‘लु’ बाट बच्न यी उपाय अपनाऔँ
काठमाडौं ।

गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म यो समस्या देखिने गरेको छ । सामान्य अवस्थामा मानिसको शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट हुन्छ । तर, बाहिरी वातावरणका कारण शरीरको तापक्रम १०६ डिग्री फरेनहाइटभन्दा बढी भएमा व्यक्तिको दिमागसम्म असर पुग्न गई विभिन्न अंगमा देखिने विभिन्न असर नै लु अर्थात् हिट् स्ट्रोक हो ।

लगातार शरीरबाट पसिना आई नुनको मात्रा कम हुन पुगी विभिन्न अंगमा असर पु¥र्‍याउने, डिहा-इड्रेसन हुने, मुटुको चाल बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, रक्त-चाप कम हुनेजस्ता समस्या देखिन्छन् ।

त्यस्तै, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, छाला सुक्खा र रातो हुनेजस्ता समस्या पनि ‘लु’का लक्षण हुन् । यस्ता असरहरू देखिएका बि-रामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा पुर्‍¥याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

विशेषगरी बालबालिका, वृद्धवृदा, गर्मीमा रहेर काम गर्ने, खेल्ने व्यक्तिहरूमा ‘लु’को समस्या बढी हुने गरेको पाइएको छ । तर, अत्यधिक गर्मी हुने स्थानमा जो कोहीलाई पनि यो समस्या हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरू सुझाव दिन्छन् ।

‘लु’बाट बच्न सकेसम्म गर्मीमा बाहिर नहिँड्ने, गर्मी भए पनि सबै कपडा खोलेर नबस्ने, प्रशस्त पानी पिउने, शरीरमा चिसो पानी छर्कने, बरफका टुक्राहरूले सेक्ने, बस्ने स्थानलाई शीतल राख्नेजस्ता उपाय अपनाउन सकिन्छ ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार