२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने शंकर पोख्रेलको दाबी

बैशाख १४, काठमाडौं : नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले आगामी

निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । उक्त कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै

आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताउनु भएको हो । एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग
एक्लै चुनावी लड्ने आँट गर्न नसकेर विभिन्न ठाँउहरुमा गठबन्धन गरेको भन्ने उहाँको भनाइ छ ।

उहाँले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेपनि उनीहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा राख्नु भएको छ ।

महासचिब पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उदेश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरे । त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधव कुमार रहेको बताउनु भयो ।

एमालेमा रहँदा एक व्यक्ति, एक पदको नारा दिने माधव
नेपालले अहिले आफू पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उनले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप समेत लगाउनु भयो । उहाँले अबको सबै निर्वाचनमा एमाले विजयी हुने र एमालेको झण्डा फहराउने दाबी गरे ।

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 0 Minutes 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार