२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

सिक्री चोर आ-रोपित पौडेल एमाले पोखरा महानगरको उम्मेदवार

सिक्री चोर आ-रोपित पौडेल एमाले पोखरा महानगरको उम्मेदवार !

नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो ।

एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् । पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् ।

पोखराका लागि एमालेका मेयर उम्मेदवार पौडेलले केही वर्ष अघि प‌थ्वी चोकमा रहेको एक सुनचाँदी पसलबाट सिक्री चोरेका थिए ।

सीसीटिभी फुटेजका आधारमा पौडेलले सिक्री चोरेको प्रमाणित भएपछि उनले पछि सिक्री फिर्ता गरेका थिए । यो तथ्य एमालेको पोखराका नेताहरूले अनौपचारिक संवादमा भनेका हुन् । उनी एमालेको पोखरा महानगरका अध्यक्षसमेत भइसको छन् ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।