२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

क्याप्टेन लामाले खुलेरै गरे रेनु दाहालको खुलेरै प्रशंसा गरेपछि…

बैशाख ११, काठमाडौं : पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा

मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पाइलट लामाले विकास र समृद्धिका लागि अहोरात्र खट्ने नेताहरु नै जनताको रोजाइमा पर्नुपर्ने बताएका छन् । एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु ।

जब जब भरतपुर पुग्छु, भरतपुरले विकासको लय समातेको आभास हुन्छ । जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ ।
म उहाँलाई खासै चिन्दिनँ । न त निकट सम्बन्ध छ ।

लामाले लेखेका छन् । तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नु भयो त्यसप्रति मेरो उच्च सम्मान छ ।
मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो । एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धि साँच्चै गर्व गर्नलायक छ ।

उनले दाहालले गरेको कामलाई नजरअन्दाज नगर्न लामाले आग्रह गरेका छन् । पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तोसुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो । विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ ।

लामाले भनेका छन् । यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनु पर्छ ।’ दाहाल भरतपुरको दोस्रो कार्यकालका लागि गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार भएपछि लामाले खुलेरै प्रशंसा गरेका हुन् ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार