२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कतार वैदेशिक रोजगारीका लागि धेरैको रोजाइम, कति वृद्धि भयो तलब ?

बैशाख ९, काठमाडौं : नेपाल चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् । पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार

हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् ।

कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कुवेत, ओमान र बहराइनलगायतका देश छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जान थालेपछि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 0 Minutes 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।