२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

झापाको बुद्धशान्तिमा बढ्यो चितुवाको बिगबिगि !

झापा : झापाको बुद्धशान्ति गाउँपालिका-३ मा चितुवाले दुई दिनका बीचमा स्थानीयका पाँचवटा चौपाया मारेको छ भने एउटा घाइ-ते भएको छ ।

मङ्गलबार र बुधबार राति चितुवाले उपद्रो गरेको स्थानीय तीर्थ तिम्सिनाले बताए ।दैनिकजसो चितुवाले पशु मा-र्न थालेपछि स्थानीय त्र-सित आत-ङ्कित बनेका छन् ।

चितुवाले बुधबार राति भोजराज बाँस्तोला र दीपक बाँस्तोलाको एक-एकवटा बाख्रा मा-रेको छ । देवीप्रसाद अधिकारीले पालेको गाईको बाछो चिथोरेर घा-इते बनाएको छ । मङ्गलबार राति अञ्जु प्रधानले पालेको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुगुर मारेको छ ।

दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीले पालेका चौपाया मा-र्न थालेपछि स्थानीय आत-ङ्कित बनेका हुन् ।

वन उपभोक्ता समितिका सदस्य सीताराम बाँस्तोलाले दुई दिनदेखि चितुवाले गाउँ पसेर आ’तङ्क मच्चाउन थालेको बताए । उनले मानिसलाई समेत चितुवाले आक्र-मण गर्न सक्ने जोखिम बढेको बताए ।

चितुवाको आ-तङ्कका बारेमा डिजिभन वन कार्यालय र बुधबारे प्रहरीलाई खबर गरे पनि सहयोग नपाएको उनले दुखेसो गरे । डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले भने चितुवा नियन्त्र-णमा लिने प्रयास भइरहेको जनाए । उनले तत्काल खोर निर्माण गरेर चितुवा नियन्त्र-णमा लिने बताए ।

मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले स्वचालित क्यामेरा जडान गरेर चितुवा, बाघ, हात्ती लगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ ।सो हात्ती प्रभावित क्षेत्रसमेत हो । यहाँ हात्ती दैनिकजसो स्थानीयको अन्नबाली खाने र घर भत्काएर दु: ख दिने गरेको छ ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।