२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट उडान सुरु

बैशाख ८, भैरहवा : नेपाल नागरिक उड्ययन प्राधिकरणले बिहीबारदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३

हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याएको छ।
बिहीबारदेखि गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट आन्तरिक उडान सुरु भएको हो । अन्तर्राष्ट्रियतर्फको धावनमार्गबाट पहिलो उडान यति र अवतरण बुद्ध

एयरलाइन्सको जहाजले गरेको विमानस्थलका प्रबन्धक गोविन्द दाहालले बताए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीबाट हुने छन् । तर, विदेशबाट आएका जहाज सिमराको आकाशमा होल्डमा फन्को

लगाउनुपर्ने अवस्था आइहालेअब बंगलादेश र भारततर्फ डाइभर्ट हुनुपर्ने छैन । अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै इमरजेन्सी कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् । कान्तिपुर बाट

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।