२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मुलुकभर थप १७६० जनामा कोरोना पुष्टि, ७ को मृ’त्यु !

काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको हो ।त्यस्तै विगत २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।