
काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा आफ्नो पार्टी अपमानित भएको बताउनु भएको छ ।
कार्यक्रममा मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा उहाँले भन्नुभयो’ सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै, अलिकति
अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ । “हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी वि-द्रोह गरेर जन्मेका छौं ।”
मंगलबार आयोजित पार्टी एकता तथा कार्यक्रममा गठबन्धनभित्र आफ्नो पार्टीको अपमा-न भएको बताउँदै अप-मान सहन होइन विद्रोह गर्न जन्मेको अध्यक्ष नेपालले बताउनु भएको हो ।
गठबन्धनको बैठकमा महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा उम्मेदवारको भाग-बन्डाबारे अझैँ सहमति जुट्न नसकेको अवस्थामा अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिनुभएको छ । गठबन्धनको बैठकमा नेपाली कांग्रेस र नेकपा एसबीच पोखरा महानगरपालिकामा दावी नहटेपछि सोमबार बसेको गठबन्धनको निष्कर्षविहीन टुंगिएको थियो ।