२०७९ जेष्ठ १३ शुक्रबार
  • काठमाडौँ

पुरानै अवस्थामा वैदेशिक रोजगारी

बैशाख ७, काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। को-भिड खोपको पहुँच र स्वास्थ्य

मापदण्डमा आएको लचकताका कारण को-रोना सङ्क्र-मणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो। चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको

सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ। को-रोना सङ्क्र-मणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ।

चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या चैतमा ५२ हजार पुगेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार